सानिमा लाइफद्वारा १४ लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका मगरका आफन्तलाई १४ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो ।
बिमित पुरण बुढा मगरका आफन्तलाई शुक्रबार १४ लाख रुपैयाँ बराबरको कम्पनीले हस्तान्तरण गरेको हो । बिमित पुरण बुढा मगरको वैदेशिक रोजगारिको क्रममा साउदीमा असामयिक निधन भएको थियो । कम्पनीले बिमितको हकवाला पिता मेरसिङ बुढा मगरलाई १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ र अण्डरराईटिङ्ग प्रमुख सुस्मिता राणालले बिमितका पिता मगरलाई दाबी भुक्तानी स्वरूपको चेक हस्तान्तरण गरेका हुन् ।