आँधिखोला लघुवित्तको ब्याज आम्दानी ३८.६९ प्रतिशत बढ्यो, चुक्ता पूँजी स्थिर हुँदा प्रतिशेयर आम्दानी ४१.६ रुपैयाँ
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११४.९५ प्रतिशत बढेर ४ करोड १० लाख रुपैयाँ ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद नाफा १ करोड ९० लाख १२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी ३८.६९ प्रतिशत बढेर ८ करोड ७० लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ६ करोड २७ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १०२.८५ प्रतिशत बढेर ६ कोड ३१ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ११ लाख ८ हजार रुपैयाँ थियो । लघुवित्तले २० लाख ६६ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।
लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर १० करोड रुपैयाँ, जगेडा कोष १०६.५९ प्रतिशत बढेर ८ करोड १ लाख ८१ हजार रुपैयाँ, सापटी ५१.४७ प्रतिशत बढेर ५७ करोड २५ लाख ८९ हजार रुपैयाँ, निक्षेप २९.१४ प्रतिशत बढेर ३६ करोड ८७ लाख ३८ हजार रुपैयाँ र कर्जा ४८.८८ प्रतिशत बढेर १ अर्ब ५ करोड ६१ लाख १५ हजार रुपैयाँ छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५ पैसा बढेर ४१ रुपैयाँ ६ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ११.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा पुगेको छ ।