बरूण हाइड्रोपावरको शतप्रतिशत हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
सम्झौतापत्रमा आइतबार बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
२०७७ पुस २६ गते सम्पन्न भएको साधारणसभाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गने प्रस्ताव पारीत गरेको थियो ।यसअघि कम्पनीले २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको भएपनि तर विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिएको अनुमति खारेज गरिदिएको थियो ।