चन्द्रागिरी हिल्सको नोक्सान २५ करोड ३८ लाख नाघ्यो, अन्य सुचक कस्तो ? « Arthapath.com
२५ श्रावण २०७८, सोमबार

चन्द्रागिरी हिल्सको नोक्सान २५ करोड ३८ लाख नाघ्यो, अन्य सुचक कस्तो ?



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नोक्सान २५ करोड ३८ लाख ४२ हजनर पुगेको छ । अघिल्लो आर्थिक वर्ष १० करोड ६६ लाख घाटारहेकोमा हाल बढेर २५ करोड पुगेको छ ।कम्पनिले सावैजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालन आम्दानी र खुद नाफा दुबै ओरालो लागेको छ ।

उक्त विवरण अनुसार कम्पनिको समीक्षा सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेसंगै कम्पनिका सञ्चालन आम्दानी घट्न गई खुद नोक्सानी १५ करोडले बढेको कम्पनिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्