सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन प्रधानमन्त्रीसँग आग्रह « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन प्रधानमन्त्रीसँग आग्रह



काठमाडौँ । सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै आपूर्ती व्यवस्था सहज बनाउन प्रधानमन्त्रीसंग आग्रह गरेका हुन ।

विभिन्न परम्परागत शिप तथा कला संरक्षणमा तथा प्रवर्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बी.जी एण्ड ग्रुप कम्पनी लिमिटेड ( विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेसनल ट्रेड सेभिङ ग्रुप कम्पनी लिमटेड) ले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुन चाँदी) आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका हनु ।

कम्पनीका प्रमुख संरक्षक तथा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले कम्पनीकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो । सो अवसरमा भेटमा सहभागीहरूले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।


भेटको क्रममा नेपालका विभिन परम्परागत सिप तथा पेशा अन्तर्गत सुनचाँदी पेशाको संरक्षण साथै स्वदेशी कालिगढको उत्पादनमा जोड दिएर देशमा राजगारीको अवसर सिर्जना गर्न र स्वदेशमै गहना उत्पादन गरी विदेश निर्यात गर्ने कुरामा जोड दिन प्रधानमन्ीसँग आग्रह गरेको व्यवसायीले जनाएका छन ।


नेपालमा सुनको सिफारिस तथा वितरण गर्ने जिम्मा लिएका संघसंस्थाले सुन आपूर्तिका लागि प्रभावकारी कदम चाल्न नसकीरहेको अवस्थामा ब्यवसायीका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्था गरिदिन प्रधानमनत्री देउवासँग आग्रह गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको भेटमा सहभागीहरूले बताए ।


प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संस्थाका सल्लाहकार तथा संयोजक प्रकाश गहतराज, कम्पनी संरक्षक तथा सञ्जालका विशिष्ट सदस्य टेकबहादुर विश्वकर्मा कम्पनी महासचिव हेमबहादुर विश्वकर्मा, बागमती प्रदेश संयोजक रमेश रसाइली, बागमती प्रदेश महासचिव राजन भुजेल, आयोजक समिति संयोजक रामप्रसाद लकान्द्री, नीर कुमार विश्ववकर्मा, खेम तिरुवा लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्