आरम्भ चौतारी लघुवित्तले माग्यो विभिन्न पदका लागि २१ जना कर्मचारी, एसएलसी वा + २ ले पनि आवेदन दिन सक्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि २१ जना कर्मचारी मागेको छ । कम्पनिले तेस्रो तहदेखि ९ औं तहसम्मको लागि २१ जना कर्मचारी मागेको हो ।
कम्पनिले जारी गरेको कर्मचारी आवश्यका सम्बन्धी सुचना अनुसार सहायक प्रबन्धक ९ औं तहका लागि ३ जना, अधिकृत ७ औं तहका लागि ४ जना, सहायक अधिकृत सहायक अधिकृतका लागि १० जना, बरिष्ठ सहायक ५ औं तहका लागि २ जना र केहि बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकका लागि कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्राशित भएको १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।
त्यसैगरी सबैपदका लागि आवेदन दिने आवेदकसंग इमेल इँटरनेट तथा कम्प्युटर संचालन सम्बिन्धी राम्रो ज्ञान भएको हुनपर्ने लघुवित्तले जनाएको छ ।
अधिकुत तहदेखि माथिको लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक तहका लागि १८ वर्ष परा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनिले जनाएको छ ।
