सोमबार सेयर बजार घट्यो की बढ्यो ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । आइतबार स्थिर रहेको नेप्से सोमबार भने १.४७ अंकले बढेर ३१०९.६० अ.कमा बन्द भएको छ ।
सोमबार दिनभरिमा २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार कित्ता सेयर १ लाख २८ हजार पटक किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएका कारणले लगानीकर्ता पनि अन्यौलमा परेका छन् । राष्ट्र बैंकले मौद्कि नीति सार्वजनिक गर्न केही दिन लाग्ने भनेपछि लगानीकर्ता अन्यौलमा परेका हुन् ।
दिनभरि नेप्से उतारचढाब पछि बन्द हुनेसमयमा सामान्य अंकले बढेको हो । राष्ट्र बैंकको मौद्रिक नीति अन्यौलमा परेसँगै लगानीकर्ता पनि अन्यौल परेका हुन् ।
सोमबार दिनभरिमा विकास बैंक समूह ५३.१२ अंक, बैंकिङ समूह १२.९८ अंक, उत्पादन समूह ५५.८२ अंक, म्युचुअल फण्ड समूह ०.०६ अंक, इन्भेष्टमेन्ट समूह ०.६४ अंक, माइक्रोफाइनान्स समूह ५५.४४ अंक, ब्यापार समूह ४३.८३ अंक र होटल तथा पर्यटन समूह ३७.६६ अंकले घटेको छ ।
फाइनान्स समूह ९०.९१ अंक, जलविद्युत समूह ११९.५७ अंक, जीवन बीमा समूह ४८.४ अंक, निर्जीवन बीमा समूह ३९ अंक र अन्य समूह ८.४१ अंकले बढेको छ ।