मैलुङ खोलाको आईपीओ बाँडफाँड सम्पन्न ६ जनाले ११ कित्ता पाए (यसरी हेर्नुहोस् रिजल्ट) « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

मैलुङ खोलाको आईपीओ बाँडफाँड सम्पन्न ६ जनाले ११ कित्ता पाए (यसरी हेर्नुहोस् रिजल्ट)



काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार बिहान बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका मध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ । बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत गर्दा गोलाप्रथाबाट ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्ये ६ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीले साउन १४ गतेदेखि  प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको थियो ।

रिजल्ट हेर्न केही समय लाग्नेछ ।

आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

Check Share Allotment (IPO/FPO)


प्रतिक्रिया दिनुहोस्