संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता टुंगो लाग्छ : प्रधानमन्त्री देउवा « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता टुंगो लाग्छ : प्रधानमन्त्री देउवा



काठमाडौ । गैरआवासीय नेपाली संघका प्रतिनीधिले प्रधानमन्त्री शेयरबहादुर देउवासंग भेटवार्ता गरेका छन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट सम्पन्न भएको संघले जनाएको छ ।

भेटवार्ताको क्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा टुगो लगाउन आग्रह गरेका छन । यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गरेका छन ।

त्यसैगरी संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका बिट्रिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरेका थिए ।

भेटका क्रममा संघका उपाध्यक्ष द्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थय समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्