हिमालयन उर्जाको नाफा ९१.७२ प्रतिशत गिरावाट, प्रतिशेयर आम्दानी ४ पैसा
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ९१.७२ प्रतिशत घटेर ३ लाख ७९ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ४५ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको अन्य आम्दानी ८०.५९ प्रतिशत घटेर १३ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको अन्य आम्दानी ७१ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७९.९७ प्रतिशत घटेर १० लाख ८६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५४ लाख २३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी स्थिर रहेर ९९ करोड रुपैयाँ र जगेडा कोष १२.९८ प्रतिशत घटेर ७१ लाख ७६ रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ४ पैसा मात्र रहेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानप् ४६ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९ हजार ३८८.९४ गुणा रहेको छ ।