ऊर्जा मन्त्रालयमा नियुक्ति लिएपछि सिधै प्राधिकरण पुगे कुलमान, ४ बजे मन्त्रालयमै पत्रकार सम्मेलन « Arthapath.com
२३ असार २०८२, सोमबार

ऊर्जा मन्त्रालयमा नियुक्ति लिएपछि सिधै प्राधिकरण पुगे कुलमान, ४ बजे मन्त्रालयमै पत्रकार सम्मेलन



काठमाडौं । सरकारले जनआकांक्षालाई महत्व दिएर कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा पुनः नियुक्ति दिएपछि आज दिनभर ऊर्जा क्षेत्रमा माहोल तातेको छ । सोमबार मन्त्री परिषदले कुलमानलाई प्राधिकरणको नेतृत्व सुम्पिएको थियो ।

घिसिङले आज विहान ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय पुगेर नियुक्तिपत्र लिएपछि सिधै प्राधिकरणमा पदभार ग्रहण गर्न पुगेका थिए । उनले प्राधिकरणको नेतृत्व लिएपछि आजै मन्त्रालयले पत्रकार सम्मेलन गर्ने भएको छ ।

आज विहान ऊर्जा मन्त्रालयमा नियुक्ति पत्र लिँदै कुलमान घिसिङ ।


प्रतिक्रिया दिनुहोस्