ओप्पो ए६एस प्रो नेपालमा सार्वजनिक, मूल्य ५६ हजार ९९९ रुपैयाँ
काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए६एस प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम डिजाइन, उच्चस्तरीय सेल्फी क्यामेरा, शक्तिशाली ब्याट्री, द्रुत चार्जिङ र एमोलेड डिस्प्लेसहितको यो स्मार्टफोन ५६ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको हो।
ओप्पो ए६एस प्रोमा ५० मेगापिक्सेलको ०.६x (१०० डिग्री फिल्ड अफ भ्यू) अल्ट्रा–वाइड सेल्फी क्यामेरा दिइएको छ, जसले समूह सेल्फीसहित स्पष्ट र प्राकृतिक रङका तस्बिर खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
फोनमा ६.५७ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त एमोलेड डिस्प्ले रहेको छ। अधिकतम १,४०० निट्स ब्राइटनेस भएकाले कडा घाममा पनि स्क्रिन सहजै हेर्न सकिने कम्पनीको दाबी छ।
यसमा ७,००० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्ज प्रविधि रहेको छ। कम्पनीका अनुसार यो प्रविधिबाट फोन ६१ मिनेटमै शतप्रतिशत चार्ज गर्न सकिन्छ।
फोनमा मिडियाटेक हेलियो जी१०० म्याक्स प्रोसेसर प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ, गेमिङ तथा मनोरञ्जनका लागि सहज कार्यसम्पादन गर्ने कम्पनीले जनाएको छ।
ओप्पो ए६एस प्रोमा आईपी६९के स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा दिइएको छ। यसले विभिन्न प्रतिकूल वातावरणमा पनि फोनको टिकाउपन बढाउने कम्पनीको भनाइ छ।
स्मार्टफोनमा ‘प्रिमियम थ्रीडी डाइनामिक ग्लो’ डिजाइन प्रयोग गरिएको छ। यो लुमिना फरेस्ट र इक्लिप्स ब्लु गरी दुई आकर्षक रङमा उपलब्ध छ। साथै, रेनो सिरिजबाट प्रेरित डिजाइन, प्रिमियम फिनिस र प्रकृतिबाट प्रेरित सौन्दर्यलाई समेटिएको कम्पनीले जनाएको छ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको सहायक क्यामेरा रहेको छ।
फोनको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन नेपालभरका आधिकारिक विक्रेतामार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले किस्ताबन्दी (ईएमआई) सुविधामार्फत पनि फोन खरिद गर्न सक्नेछन्।
फोन सार्वजनिक भएको अवसरमा कम्पनीले जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म फोन खरिद गर्ने ग्राहकका लागि दुई महिनाको रिप्लेसमेन्ट नीति ल्याएको छ। यस अवधिमा खरिद गरिएका फोनमा कम्पनीले तोकेका सर्तअनुसार सेप्टेम्बर २, २०२६ सम्म रिप्लेसमेन्ट सुविधा उपलब्ध गराइने जनाएको छ।













