हिमालयन डिष्टिलरीको नाफा १ अर्ब नाग्यो,प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

हिमालयन डिष्टिलरीको नाफा १ अर्ब नाग्यो,प्रतिशेयर आम्दानी कति ?



काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडको नाफा उल्लेख्य रुपमा बढेको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसारगत असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ४६ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

नाफा सगै कम्पनिको बिक्री आम्दानी ३६.५० प्रतिशतले बढेको छ । ७३.०१ प्रतिशतले सञ्चालन आम्दानी उकालो लागेको हो । कम्पनिको जगेडा कोष ६८.५९ प्रतिशतले बढेको छ ।

१ अर्ब नाफा नाघेसंगै कम्पनिको बढेसँगै प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ८० रुपैयाँ ७२ पैसा रहेको थियो । प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ९५ रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.९६ गुणा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्