नयाँ रेकर्ड बनाउँदै नेप्सेमा हालसम्म कै उच्च कारोबार, साढे २१ अर्बको कारोबार हुँदा पनि घट्यो नेप्से
काठमाडौं । निरन्तर उकालो लागेको नेप्से साताको पहिलो दिन घटेो छ । नयाँ नयाँ रेडर्क बनाउँदै आएको नेप्से आइतबार २४.५७ अंकले घटेको हो । बिहीबार सामान्य अंकले बढेको नेप्से शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि यसको प्रभाव नेप्सेमा परेको हो । राष्ट्र बैंकले सेयर बजारका लागी आकर्षित गर्न ब्यावस्था नगरेपछि लगानीकर्ता निराश बनेर सेयर बिक्री गर्न थालेका हुन् । आइतबार घटेको नेप्सेमा कारोबार रकममा भने हालसम्म कै उच्च भएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ अंकमा बन्द भएको छ । नेप्से परिसूचकमा निरन्तर नयाँ नयाँ रेकर्ड बनाउँदै आएकोमा आइतबार भने घटेको हो ।
आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता सेयर १ लाख ८९ पटक किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार भएको हो ।
आइतबार उत्पादन समूह १६०.२३ अंक, माइक्रोफाइनान्स समूह ११५.१२ अंक र इन्भेष्टमेन्ट समूह ०.६६ अंकले बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ ।
आइतबार बैंकिङ समूह ७.१५ अंक, ट्रेडिङ समूह ३५.५ अंक, होटल तथा पर्यटन समूह ६६.०४ अंक, विकास बैंक समूह १६०.१३ अंक, हाइड्रो पावर समूह १५७.४१ अंक, फाइनान्स समूह ८७.०५ अंक, निर्जीवन बीमा समूह २२४.६२ अंक, अन्य समूह ४०.१४ अंक, जीवन बीमा समूह १९१.२ अंक र म्युचुअल फण्ड ०.१३ अंकले घटेको छ ।