मानुषी लघुवित्तको आइपीओमा २४ लाख बढीले दिए आवेदन « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

मानुषी लघुवित्तको आइपीओमा २४ लाख बढीले दिए आवेदन



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा साढे २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्कका अनुसार अन्तिम दिन आइतबारसम्म २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ८३.१० गुणा बढी आवेदन परेको हो ।

लघुवित्तले बुधबारदेखि प्रतिशेयर १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोष र बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको हो ।

लघुवित्तको आइपीओमा आवेदन दिन समय आइतबार नै सकिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्