सुनचाँदीको मूल्य घट्यो, कति छ तोलामा ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

सुनचाँदीको मूल्य घट्यो, कति छ तोलामा ?



काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो १ हजारले बढेको सुन तोलामा १ सय र चाँदी तोलामा ५ रुपैयाँले घटेर छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार १०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्