गुराँस लाइफको अभिकर्ता कमिसन ह्वात्तै बढ्यो, चुक्ता पूँजी बढाएर २ अर्ब रुपैयाँ पुग्यो, बीमालेख संख्या घट्यो « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

गुराँस लाइफको अभिकर्ता कमिसन ह्वात्तै बढ्यो, चुक्ता पूँजी बढाएर २ अर्ब रुपैयाँ पुग्यो, बीमालेख संख्या घट्यो



काठमाडौं । गुरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा २७.७७ प्रतिशत बढेर १२ अर्ब १३ करोड ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९ करोड ४९ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन ६५.१८ प्रतिशत बढेर क्रमशः ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रुपैयाँ र ३ अर्ब ६७ करोड ३५ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११० प्रतिशत बढेर १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ, जीवन बीमा कोष ३८.३० प्रतिशत बढेर १० अर्ब ५९ करोड ३९ लाख २१ हजार रुपैयाँ पुगे, जगेडा कोष ४३ प्रतिशत बढेर ५३ करोड ८४ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको दिर्घकालिन कर्जा ६५.२८ प्रतिशत बढेर २ अर्ब ५७ करोड ९६ लाख १४ हजार रुपैयाँ पुगेको छ । बीमालेख धितो कर्जा ९३.७९ प्रतिशत बढेर १ अर्ब ३ लाख ९४ हजार रुपैयाँ लगानी गरेको छ भने लगानी कर्जा तथा अन्य आय ३०.११ प्रतिशत बढेर ८५ करोड ७० लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

गत असार मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी २९.११ प्रतिशत बढेर ६६ करोड २७ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अभिकर्ता कमिसन १०८.७७ प्रतिशत बढेर ५३ करोड ४२ लाख ७३ हजार रुपैयाँ गरेको छ । कम्पनीको गत असार मसान्तसम्म बीमालेख संख्या ६.२४ प्रतिशत घटेर १ लाख ५४ हजार वटा रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ भने १३०.१७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्