गत आर्थिक बर्षको असार मसान्तसम्म राष्ट्रिय बीमा संस्थानको प्रगति कस्तो रह्यो ? « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

गत आर्थिक बर्षको असार मसान्तसम्म राष्ट्रिय बीमा संस्थानको प्रगति कस्तो रह्यो ?



काठमाडौं । राष्ट्रिय बीमा संस्थानको गत आर्थिक बर्षको चौथो त्रैमासमा ४.७१ प्रतिशत घटेर ५ करोड ६२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थानले ५ करोड ९० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म संस्थानको जीवन बीमा कोष २४.२३ प्रतिशत बढेर ३२ अर्ब ९३ करोड ६१ लाख १९ हजार रुपैयाँ, जगेडा कोष पनि १९.६९ प्रतिशत बढेर ३४ करोड २१ लाख ३० हजार रुपैयाँ र चुक्ता पूँजी स्थिर रहेर १८ करोड १० लाख २० हजार रुपैयाँ जम्मा भएको छ ।

समिक्षा अवधिमा संस्थानको खुद बीमा शुल्क आर्जन ७.३२ प्रतिशत बढेर ७ अर्ब ५८ करोड १३ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थानको खुद बीमा शुल्क आर्जन ७ अर्ब ६ करोड ४२ लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म संस्थानको दिर्घकालिन लगानी तथा कर्जा २१.२३ प्रतिशत बढेर १० अर्ब ९३ करोड २९ लाख ६५ हजार रुपैयाँ गरेको छ । बीमालेख धितो कर्जा ६६.७१ प्रतिशत १ अर्ब ४३ करोड ३९ लाख २६ हजार रुपैयाँ लिएका छन् ।

संस्थानको लगानी कर्जा तथा अन्य आय २१.९९ प्रतिशत बढेर २ अर्ब ३७ करोड ८० लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । संस्थानले गत असार मसान्तसम्म दाबी भुक्तानी १३.६७ प्रतिशत बढेर ३ अर्ब १९ करोड ८७ लाख ७८ हजार रुपैयाँ गरेको छ । असार मसान्तसम्म संस्थानले अभिकर्ता कमिसन ४२.६० प्रतिशत बढेर २६ करोड ८८ लाख ४७ हजार रुपैयाँ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्