सेयर बजार सामान्य अंकले बढ्यो, १६ अर्ब रुपैयाँको कारोबार « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

सेयर बजार सामान्य अंकले बढ्यो, १६ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । निरन्तर उकालो लाग्दै आएको नेप्से आइतबार दोहोरो अंकले गिरावट आएको थियो तर सोमबार भने सामान्य अंकले बढेको छ । हिजो आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने नयाँ उचाई कायम गरेको थियो ।

राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरेपछि नेप्से ओरालो लागेको सेयर विश्लेषकहरु बताउँछन् । तर आइतबार घटेको नेप्से सोमबार सामान्य भएपनि बढेको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ अंकमा बन्द भएको छ ।

सोमबार दिनभरिमा २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार कित्ता सेयर १ लाख ५९ हजार पटक किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार नेप्से परिसूचक घटेपनि २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।

सोमबार उत्पादन समूह १५८.९८ अंक, विकास बैंक समूह ७४.७३ अंक, हाइड्रो पावर समूह ४०.१२ अंक, ट्रेडिङ समूह ६४.७३ अंक, अन्य समूह ३.६ अंक, माइक्रोफाइनान्स समूह ५६.८२ अंक र इन्भेष्टमेन्ट समूह २.६८ अंकले बढेको छ ।

सोमबार बैंकिङ समूह ११.३३ अंक, होटल तथा पर्यटन समूह ३२.७३ अंक, फाइनान्स समूह २८.५१ अंक, निर्जीवन बीमा समूह ६७.३६ अंक, जीवन बीमा समूह १७२.८७ अंक र म्युचुअल फण्ड ०.०३ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्