एशियन लाईफ इन्स्योरेन्सको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लिए सपथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एशियन लाईफ इन्स्योरेन्सको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लिए सपथ



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा दिपक कुमार श्रेष्ठ निर्वाचित हुनुभएपछि यस कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको कम्पनिले जानकारी दिएको छ ।

सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्