मन्दाकिनी हाइड्रोपावारले १७.६४ करोड रुपैयाँको आईपीओ जारी गर्ने, बिक्री प्रबनधकमा बिओके क्यापिटल नियुक्त « Arthapath.com
२१ असार २०८२, शनिबार

मन्दाकिनी हाइड्रोपावारले १७.६४ करोड रुपैयाँको आईपीओ जारी गर्ने, बिक्री प्रबनधकमा बिओके क्यापिटल नियुक्त



काठमाडौं । मन्दाकिनी हाइड्रोपावार लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १७ लाख ६४ हजारर कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार ९ सय रुपैययाँको ३० प्रतिशत अर्थात् १७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बराबरको जम्मा १७ लाख ६४ हजार १११ कित्ता शेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार आईपीओ निष्काशन गर्ने सम्वन्धमा मन्दाकिनी हाइड्रोपावार र बिओके क्यापिटल मार्केट लिमिटेडबीच मंगलबार सम्झौता भएको छ ।

मन्दाकिनी हाइड्रोपावारको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेत र बिओके क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बिओके क्यापिटल मार्केट लिमिटेडले गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्