राष्ट्रिय बीमा कम्पनीको नाफा बाहेक अन्य सूचक बढे, कुन सूचक कति बढ्यो ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ३५.६५ प्रतिशत घटेर ३६ करोड ३ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १ प्रतिशत बढेर २२ करोड ६९ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २२ करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी २९.८० प्रतिशत घटेर ४ करोड २५ लाख ७९ हजार रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ करोड ६ लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
गत आवको असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष ६ प्रतिशत बढेर ३ अर्ब १४ करोड ८५ लाख ११ हजार रुपैयाँ र बीमा कोष ८ प्रतिशत बढेर २ अर्ब ४३ करोड १ लाख ८० हजार रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा १ अर्ब ४२ करोड रुपैयाँ छ । अल्पकालिन लगानी ४ अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी १३५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२८० रुपैयाँ छ ।