गाडीको ठक्करबाट भारतमा बझाङका गोठे लुहारको मृत्यु « Arthapath.com
१ भाद्र २०७८, मंगलवार

गाडीको ठक्करबाट भारतमा बझाङका गोठे लुहारको मृत्यु



काठमाडौं । भारतमा गाडीको ठक्करबाट एक जना नेपालीको ज्यान गएको छ । भारतको तामिलनाडु राज्यमा गाडीले ठक्कर दिँदा बझाङका गोठे लुहारको ज्यान गएको हो । बझाङको केदारस्युँ गाउँपालिका २ स्थित जुब गाउँका गोठे लुहारको भारतको तामिलनाडु राज्य तिरपुर जिल्ला अन्तर्गत उरुमलापेटमा गाडीले ठक्कर दिँदा ज्यान गएको सेती महाकाली प्रवास सेवा समिति भारतका अध्यक्ष अम्मर बिष्टले जानकारी दिए ।

अध्यक्ष बिष्टका अनुसार साउन ३१ गते (अगष्ट १५ तारिख) राती ८ बजेको समयमा तरकारी किन्न बजार गएका बेला दुध बोक्ने ट्यांकरले ठक्कर दिँदा घट्नास्थलमा नै मृत्यु भयो । बिक सेती महाकाली प्रवास सेवा समिति भारतका तिरपुर जिल्ला अन्तर्गत अबिनासी क्षेत्रका उपाध्यक्ष हुन् ।

६५ बर्षि बर्षिय लुहार लामो समयदेखि भारतमा काम गरिरहेका थिए । मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग राखिएको थियो । ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रण लिएको र मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने सहमति भएको अध्यक्ष बिष्टले बताए । गोठे लुहारका दुई जना श्रीमती (धौली बिक र हर्का बिक) र ६ जना छोराछोरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्