एमाले विभाजनले दिएकाे अवसर, बागमतीमा पहिलाे महिला मुख्यमन्त्री अष्टलक्ष्मी

काठमाडौं । एमाले विभाजन भएकै दिन बागमती प्रदेशले महिला मुख्यमन्त्री पाएकाे छ । एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई अाजै एमाले संसदिय दलकाे नेतामा चयन गरेकाे थियाे । माधव नेपाल पक्षमा रहेकी शाक्य पार्टी विभाजनकाेे विपक्षमा रहेकी थिइन ।
शाक्यले आज बेलुका ९ बजे मुख्यमन्त्रीकाे सपथ भएकि छिन । एमालेले दिउसाे मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएर शाक्यलाई दलको नेतामा चयन गरेका थिए । पुर्व उद्याेगमन्त्री शाक्य पहिलाे महिलन मुख्यमन्त्री बनिन ।
एमाले संस्थापन पक्षले पार्टी विभाजनबाट प्रदेश सरकार ढल्न नदिन शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेकाे हाे ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बुधबार साँझ प्रदेश राजधानी हेटौंडामा शाक्यलाई मुख्यमन्त्रीकाे सपथ गराईएकाे प्रदेशमन्त्री केशव पाण्डेले अर्थपथलाई जानकारी दिए ।शाक्यले मुख्य मन्त्रीमा शपथ लि लगत्तै दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।
बागमति प्रदेशमा कुल ११० सांसद रहेको छन । बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ बागमतीमा ओली पक्षका ३५ र माधवपक्षका २१ सांसद छन् । भने प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन ।
एमाले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि वागमतिको मुख्यमन्त्री बनेकि हुन ।
केन्द्रमा फुट्न नपाउँदै बागमतीमा जुट्यो एमाले, डोरमणी आउट, अष्टलक्ष्मी इन