१ अर्बकाे मेगा म्युचुअल फण्ड १ आजदेखि बिक्री खुला
काठमाडौं । मेगा क्यापिटलको म्युचुअल फण्डमा आजदेखि आवेदन खुला गरिएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले आज (भदौ ४ गते, शुक्रबार) देखि मेगा म्युचुअल फण्ड १ निष्काशन तथा बिक्री खुला गरिएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो ।
उक्त फण्डको अवधि १० वर्षको रहेको छ । यो एक बन्दमुखी योजना हो । लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
उक्त फण्डको इकाईमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । मेगा क्यापिटल मार्केट्स मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।