आजैबाट उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप लगाईने, यी हुन खोप केन्दहरु ( सुचीसहित )

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने एक सुचजा जारी गरेर जानकारी दिएका छन । त्यसैगरी उपत्यकामा आजदेखिनै ४० वर्षमाथीकालाई खोप लगाउने खड्काले जानकारी दिएका छन । खोप अभियान ६ गतेसम्म चल्ने छ ।
यी हुन खोप केन्दहरु
- सशस्त्र प्रहरी अस्पताल, बलम्बु
- वीरेन्द्र सैनिक अस्पताल, छाउनी
- राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
- नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
- वीर अस्पताल, रत्नपार्क
- निजामति कर्मचारी अस्पताल, वानेश्वर
- परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
- शिक्षण अस्पताल, महाराजगञ्ज
- काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
- अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र
