अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती नियुक्त

काठमाडौं । अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन् । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राज्यमन्त्री सरहको सुविधा सहित सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा विद्यावारिधि गरेका तेह्रथुमका उप्रेती यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा पनि काम गरिसकेका छन ।
उप्रेतीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अध्ययन गर्ने अमेरिकाको क्यालिफोर्नियास्थित टेट्राटेकमा पनि विज्ञका रूपमा काम गरिसकेका छन ।