नुवाकोटका स्थानियले आवेदन दिन पाउने बुद्धभुमि हाइड्रोपावरको सेयर इसेवाबाट समेत आवेदन दिन मिल्ने

काठमाडौ । आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयको लागि निष्काशन तथा विक्री खुल्ला भएको बुद्धभुमि हाइड्रोपावरको सेयरमा इसेवाबाट पनि आवेदन दिन सकिने छ ।
सोमबारबाट हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
उक्त शेयरमा छिटोमा भदौ १४ गतेसम्म आवेदन दिन पाइन्छ र यदि शेयरमा पुर्ण आवेदन नपरेमा आवेदन दिने समय भदौ २९ गतेसम्म थप हुने कम्पनिले जानकारी दिएको छ ।
उक्त आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक, सदार्थ बैक बट्टार र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट नुवाकोट जिल्लाका सबैले आवेदन दिन पाउनेछन । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।
उक्त सेयरमा आवेदन इसेवाबाट समेत गर्न सकिने विक्रिी प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
ईसेवा बाहेक प्रभु, ज्योती, सिभिल सेन्चुरी र सिदार्थ बैंकका यी शाखाबाट पनि आवेदन दिन सकिन्छ
प्रभु बैंक
प्रभु बैंक बट्टार
प्रभु बैंक महादेवफाँट
ज्योति विकास
ज्योति विकास बैंक, त्रिशुली
ज्योति विकास बैंक, बट्टार
ज्योति विकास बैंक, छहरे
ज्योति विकास बैंक, रातमाटे
ज्योति विकास बैंक, रानीपौवा
ज्योति विकास बैंक, समुन्द्रटार
ज्योति विकास बैंक, देउराली
ज्योति विकास बैंक, सामरी
ज्योति विकास बैंक, गल्छी धादिङ
सेन्चुरी बैंक
सेन्चुरी बैंक बेलकोटगढी
सिभिल बैंक
सिभिल बैंक, ककनी
सिभिल बैंक, कपन शाखा
सिभिल बैंक, टोखा शाखा
सिभिल बैंक, गंगबु शाखा
सिभिल बैंक,स्वयम्बु शाखा
सिभिल बैंक, चावहिल
सिभिल बैंक, मुख्य कार्यालय सिटिसि मल काठमाण्डौ
सिदार्थ बैंक
सिदार्थ बैंक बट्टार शाखा
