बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुबिधा « Arthapath.com
४ भाद्र २०७८, शुक्रबार

बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुबिधा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको एइक् मेसिनहरुमा प्रयोग गरी ग्राहक महानुभावहरुले भुक्तानी गर्न सकिने सुबिधामा आधारित सुबिधा ल्याएको हो ।

यस प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट POS मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।हाललाई यस प्रबिधि मार्फत ग्राहकहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्