दुर्गा प्रसाईंले गरे ६२ परिवारका ३३५ जनाको निशुल्क स्वास्थ्य बीमा « Arthapath.com
५ भाद्र २०७८, शनिबार

दुर्गा प्रसाईंले गरे ६२ परिवारका ३३५ जनाको निशुल्क स्वास्थ्य बीमा



काठमाडौं। स्वास्थ व्यावसायी तथा बि एण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले ६२ परिवारका ३३५ जनाको निशुल्क स्वास्थ बीमा गराएका छन् । प्रसाईंले झापाका बिपन्न परिवारका ३3५ जनाको स्वास्थ बीमा बापतको रकम सहयोग गरेका हुन् ।

प्रसाईंले सामाजीक उत्तरदायित्व अन्तर्गत झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ र ३ का ६२ घर परिवारका ३ सय ३५ जनाको निशुल्क स्वास्थ्य बीमा गराएका हुन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दै ३३५ जनाको स्वास्थ बीमा गराएका हुन् ।

झापाका विभिन्न ठाउँमा सहयोग गर्दै आएका प्रसाईंले आगामी दिनमा १ हजार जनाको निशुल्क स्वास्थ बीमा गर्ने घोषणा समेत गरेका छन् । यस अघि प्रसाईंले झापाको सिंहदेवी माबिलाई २ करोड रुपैयाँ सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्