आइतबार सुन तोलामा ३ सय र चाँदी १५ रुपैयाँले घट्यो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुन तोलामा ३ सय र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ सयले घटेर छापावाला सुनन प्रतितोला ९० हजार ९ सय र तेजावि सुन ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी तोलामा एकैदिन १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।