एचआईडिसीएलको शतप्रतिशत हकप्रद शेयरमा भोलीसम्म आवेदन दिने पाइने « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

एचआईडिसीएलको शतप्रतिशत हकप्रद शेयरमा भोलीसम्म आवेदन दिने पाइने



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन हो । कम्पनिले हाल कायम चुत्ता पुजीको शतप्रतिशत १०० रुपैयाँ अंकित ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्री खुल्ला गरेको थियो ।

उक्त शेयरमा एचआईडिसीएलको लगानिकर्ताले भोलीसम्म आवेदन दिन पाउँछन । कम्पनिले छिटोमा २५ गतेसम्मका लागि बिक्री खुल्ला गरेकोमा पुर्ण रुपमा आवेदन नपरेकाले १५ दिन थप गरी भोलीसम्म आवेदन दिने समय थप गरेको थियो । तसर्थ भोलीसम्म लगानिकर्ताले आवेदन दिन पाउने छन ।

कम्पनिको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक बुक क्लोज गरेको थियो । तसर्थ जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले उक्त हकप्रदमा आवेदन दिन पाउने छन ।


प्रतिक्रिया दिनुहोस्