प्राध्यापक, शिक्षक र कर्मचारीले माधव नेपालको पार्टिको सदस्यता लिन नपाउने « Arthapath.com
८ भाद्र २०७८, मंगलवार

प्राध्यापक, शिक्षक र कर्मचारीले माधव नेपालको पार्टिको सदस्यता लिन नपाउने



काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) ले सरकारी प्राध्यापक, शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिने निर्णय गरेको छ ।

माधव नेपालले नेतुत्व गर्ने प्रस्तावित समाजवादीको अन्तरिम विधानमा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको’ व्यक्ती मात्र पार्टीको साधारण सदस्य हुनपाउने उल्लेख गरिएको छ ।


उक्त विधन अनुसार पार्टीका केन्द्रीय पदाधिकारी महाधिवेनबाट नभइ राष्ट्रिय परिषदबाट निर्वाचित हुने पर्ने छ ।प्रस्तावित पार्टिमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव गरी १७ जना पदाधिकारी हुनेछन ।


प्रतिक्रिया दिनुहोस्