लगातार बढिरहेको नेप्सेमा भारि अंकको गिरावट

काठमाडौं । निरन्तर उकालो लाग्दै नयाँ उचाईमा पुगेको सेयर बजार मंगलबार भारि अंकले करेक्शन भएको छ । यसअघि नेप्से परिसूचक र कारोबार रकममा नयाँ किर्तीमान कायम गरेको बजार मंगलबार भने ठूलो अंकले करेक्शन भएर बन्द भएको छ ।
तर मंगलबार ठूलो अंकले बजार घटेपनि बुलिस मार्केटमा कुनै प्रभाव नपर्ने सेयर विश्लेषकले बताएका छन् । बढ्दो बजारमा कहिले काँही बजार घट्नुलाई सामान्य रुपमा लिने गरिन्छ ।

मंगलबार नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा बन्द भएको छ । दिनभरिको उतारचढाव पछि बन्द हुने समयमा घटेको हो । मंगलबार नेप्से परिसूचक सँगै २ वटा समूहबाहेक सबै समूहमा राताम्य छाएको छ ।
मंगलबार दिनभरिमा २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार कित्ता सेयर १ लाख ५६ हजार पटक किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
