सबैभन्दा बढी नाफा कमाउने नेपाल लाइफ, पुच्छारमा राष्ट्रिय बीमा संस्थान, अन्य कुन कम्पनीको कति ? « Arthapath.com
९ भाद्र २०७८, बुधबार

सबैभन्दा बढी नाफा कमाउने नेपाल लाइफ, पुच्छारमा राष्ट्रिय बीमा संस्थान, अन्य कुन कम्पनीको कति ?



काठमाडौं । गत आर्थिक बर्षको चौथो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफा उल्लेख्य बृद्धि भएको छ । बीमा समितिमा दर्ता भएका १९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै खुद नाफा आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यता सबैभन्दा कम खुद नाफा आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । अघिल्लो असार मसान्तसम्म १९ बीमा कम्पनीको नाफा ३ अर्ब ४० करोड २४ लाख २३ हजार रुपैयाँ रहेको थियो भने गत असार मसान्तसम्म त्यो नाफा बढेर ३ अर्ब ८० करोड ९४ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म नेपाल लाइफले ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, नेशनल लाइफले ४० करोड १२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा ३९ करोड १२ लाख २९ हजार रुपैयाँ खद नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवको असार मसान्तसम्म २६ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको सुर्या लाइफले गत असार मसान्तसम्म ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्राइम लाइफको नाफा सामान्य बढेर ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो बर्षको असार मसान्तसम्म ३२ करोड ७९ लाख ६७ हजार खुद नाफा आर्जन गरेको मेट लाइफको गत असार मसान्तसम्म घटेर २६ करोड ९४ लाख २७ हजार रुपैयाँमा सिमित भएको छ ।

एशियन लाइफको नाफा अघिल्लो बर्ष १८ करोड १८ लाख ६३ हजार रुपैयाँ मात्रै रहेको थियो भने समिक्षा अवधिसम्म २५ करोड ४३ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत असार मसान्तसम्म रिलायबल लाइफको नाफा २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २१ करोड ४३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लाइफ इन्स्योरेन्स कम्पनीको नाफा १९ करोड ९ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ११ करोड ९७ लाख ९१ हजार रुपैयाँ मात्रै रहेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सको झिनो अंकले बढेर १८ करोड ७९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १८ करोड ६७ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा प्रभु लाइफले भने नाफामा छलाङ नै मारेको छ । अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा बढेर १७ करोड ६ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ ।

असार मसान्तसम्म आइएमई लाइफको नाफा १३ करोड ४ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष असार मसान्तसम्म १२ करोड ९० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हालै आईपीओ जारी गरेको युनियन लाइफको नाफामा भने गिरावट आएको छ । अघिल्लो आवको असार मसान्तसम्म १६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत असार मसान्तसम्म १३ करोड ३ लाख ३९ हजार रुपैयाँमा सिमित भएको छ । त्यस्तै, हालै आईपीओ जारी गरेका कम्पनी ज्योति लाइफ र सानिमा लाइफको नाफा क्रमशः १३ करोड १४ हजार रुपैयाँ र १० करोड २७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा ज्योति लाइफ र सानिमा लाइफको नाफा क्रमशः ७ करोड २० लाख २६ हजार रुपैयाँ र ८ करोड ५३ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

गुँरास लाइफको नाफा असार मसान्तसम्म २१ करोड १३ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्म ९ करोड ४९ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

सन नेपाल लाइफको नाफा सामन्य घटेर १० करोड ६० लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड ४२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

महालक्ष्मी लाइफको नाफा ९ करोड ४० लाख ६० हजार रुपैयाँ पुग्दा रिलायन्सको ७ करोड १ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको असार मसान्तसम्म महालक्ष्मीको नाफा ८ करोड ५९ हजार रुपैयाँ र रिलायन्सको ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सबैभन्दा पुच्छारमा राष्ट्रिय बीमा संस्थान रहेको छ । यसको नाफा घटेर ५ करोड ६२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थानको नाफा ५ करोड ९० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्