बुधबार थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बुधबार थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । ९ हजार ७ सय ११ पीसीआर परीक्षणमा १ हजार ८ सय ६२, र ५ हजार ५ सय ७९ एन्टिजेन परीक्षणमा ६ सय २० जना गरी २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४४ जनाको ज्यान गएको छ । यो सगै कोरोन संक्तमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

१ हजार ७ सय १ जना संक्रमणमुक्त भएका छन यो संगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३९ हजार ६४ पुगेको छ । हाल देशभर ३८ हजार २ सय ८७ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्