साताको अन्तिम दिन नेप्से १७ अंकले बढ्यो

काठमाडौं । यो साताको अन्तिम दिन आज बिहिबार नेप्से १७ अंकले बढेको छ । आज नेप्से २७ अंकले बढेर परिसुचक ३ हजार ९४.०छ अंकमा पुगेर बजार बन्द भएको छ ।
आज दिनभर २ सय ३२ कम्पनिको २१ करोड ६९ लाख ५ सय ५ कित्ता शेयर १ लाख ३० हजार ९ सय ३८ पटक किनबेच हुदा १३ अर्ब ३२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढि विकास बैंक समुहका लगानिकर्ताले कमाएका छन । विकास बैंक समुह २४१.६५ अंकले बढेको छ । त्यसैगरी हाईड्रोपावर समुह १६९.३७, फाइनान्स १२० र माईक्रोफाइनान्स ३७ अंकले बढेको छ । भने सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । आज जिवन विमा समुह १५४,निर्जिवन विमा समुह ५२ उत्पादन समुह २७ व्यनपनर समुह ११ र बैकिङ समुह ७ अंकले घटेको छ ।