शनिबार थप १८५७ जनामा कोरोना सक्रमण, २७ जनाको ज्यान गयो

काठमाडौं । आज शनिबार थप १ हजार ८ सय ५७ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १ सय ७६ जनामा गरिएको परीक्षणमा पिसिआर विधिबाट १ हजार ५ सय १६ र एन्टीजेनविधिबाट ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ ।
गत २४ घण्टामा थप २७ जनाको कोारेना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोारेना संक्रमणबाट मुत्यु हुनेको संख्या १० हजार ६ सय ९० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २२ जना कोारेना संक्रमणमुक्त भएका छन । यो संगै कोारेना संक्रमणमुक्त हुनेको संख्यउा ७ लाख १० हजार ४ सय ५२ पुगेको छ । हाल देशभर ३६ हजार ८ सय ६६ जना संक्रिय संक्रमित रहेका छन ।