नाडाका अध्यक्ष तथा सिएनआईका अध्यक्ष विच दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने सहमती

काठमाडौ । नाडाका अध्यक्ष तथा सिएनआईका अध्यक्ष विच दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने सहमती भएको छ । आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले नेपाल उद्योग परिसंघका नव निर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफनो कार्यकालको सफलताको शुभकामना दिदै द्धिपक्षिय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको हो ।
भेटघाटक्रको क्रममा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजिक्षेत्रको सवालमा एकेबध्य भएर अघि बढने र अन्य संभाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनु पर्ने बताए । सो छलपलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरिय एशोसिएशनहरु स्थापना भईसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताएका छन ।
त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भईसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको भन्दै नीजिक्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसंग सहकार्य गरेर अघि बढन चाहेको बताएका थिए । महासचिव सुनिल रिजालले नीजिक्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढने बताए । सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाविच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्ने धारणा राखेका थिए । त्यसैगरी सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा विद्युतिय सवारी साधन समितिका सभापति धु्रव थापाले परिसंघसंग हातेमालो गरेर अघि बढनु पर्ने धारणा राख्दै विद्युतिय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरु बारे पनि विचार विमर्श गरेका थिए ।
छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले ७ सदसिय नाडा प्रतिनिधिमण्डललाई आफनो कार्यकक्षमा स्वागत गर्दे नाडासंग पहिलो भेटघाट रहेको बताए । तयसैगरी उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकाश रुपमा अटोमोवाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको छ बताए । नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुंजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउनु हुदै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरेका थिए । सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढने भन्ने विषयमा पहल भईरहेको बताए ।
सो छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा सुभआशिस थपलिया समेतको उपस्थिति रहेकोे थियो ।
