थप १३८८ जनामा कोरोना संक्रमण, २४ जनाको मुत्यु « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

थप १३८८ जनामा कोरोना संक्रमण, २४ जनाको मुत्यु



काठमाडौं । आज आइतबार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । र ७ हजार २ सय ५९ पीसीआर परीक्षणमा १ हजार २ सय १४ जना र ३ हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १ सय ७४ जना गरी १ सय ३ हजार ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तयसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ ।

त्यसैगरी २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ जना पुगेको छ । हाल देशभर ३५ हजार ७ सय ९७ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्