ग्लोबल आइएमई लघुवित्तले दियो करिब ९० लाख ब्याज छुट « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल आइएमई लघुवित्तले दियो करिब ९० लाख ब्याज छुट



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले करिब ९० लाख बराबर ब्याज छुट दिएको छ । लघुवित्तले ऋणी सदस्यहरुलाई करिब ९० लाख रुपैयाँ बराबरको ब्याज छुट दिएको हो ।

विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस संक्रमणको कारण सबै क्षे प्रभावीत भएकोले संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप १० प्रतिशतका दरले ब्याज छुट प्रदान गरेको लघुवित्तले जानकारी दिएको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले देशभर ११२ वटा शाखा कार्यालयहरुबाट वित्तिय सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्