वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, नेप्सेमा कारोबार रोक्का « Arthapath.com
१६ भाद्र २०७८, बुधबार

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, नेप्सेमा कारोबार रोक्का



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् । वोमी लघुवित्त र सूर्याेदय संस्थाबीच भदौ १५ गते गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।

मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै बुधबारदेखि दुबै लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम दुवै संस्थाको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्