यसकारण समाज लघुवित्त र स्वस्तिक लघुवित्तको मर्जर नहुने « Arthapath.com
१७ भाद्र २०७८, बिहीबार

यसकारण समाज लघुवित्त र स्वस्तिक लघुवित्तको मर्जर नहुने



काठमाडौं । समाज र स्वस्तिक लघुवित्त मर्ज नहुने भएको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज हुने सम्झौता भएपनि वार्षिक साधारण सभाले त्यसलाई अस्वीकृत गरेको हो ।

समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गत असोजमा मर्ज हुनेसम्वन्धी सम्झौता भएको थियो । तर बहुमत शेयरधनीहरूबाट मर्जर प्रस्ताव अस्वीकृत भएसँगै मर्ज नहुने भएको हो । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेमा एक सूचना प्रकाशन गरी बहुमतको कदर गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज गर्न नसकिने जनाएको छ ।


उपरोक्त सम्बन्धमा यस समाज लघुवित्त वित्तिय संस्था लिमिटेड कम्पनी ऐन २०५८ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भई नेपाल राष्ट्र बैंक बाट ३ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने गरी “घ” बर्गको इजाजत पत्र प्राप्त सर्लाही जिल्ला मलंगवामा मुख्य कार्यालय रहेको वित्तीय संस्था हो । संस्थाको कार्य क्षेत्र विस्तार हुने र प्रदेशस्तरमा गुणस्तरीय सेवा प्रदान गर्ने अव्वल वित्तिय संस्थाको रुपमा स्थापीत गर्ने उद्देश्यले सिराहा जिल्ला लाहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडसँग समन्वय गरी एक आपसमा मर्जर गर्नको लागी मिति २०७७ साल असोज ०५ रोज ०२ गतेका दिन प्रारम्भीक सम्झौता पत्रमा दुवै संस्थाको तर्फवाट हस्ताक्षर समेत भएको थियो । साथै, हामी दुवै वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि त्यस बैकबाट मिति २०७७–११–२० मा सैद्धान्तिक सहमति समते प्राप्त भएको थियो ।

मिति २०७८–०५–१० गतेको चं. नं. बै.वि.नि.वि. र मर्जरर ०७–०७८–०७९ को त्याँहाबाट प्राप्त पत्रको सन्दर्भमा यस वित्तीय संस्थाले मर्जर प्रकृयालाई मुर्तरुप दिनको लागी मर्जर प्रस्ताव पारित गर्न मिति २०७८ जेष्ठ ११ गतेका दिन विशेष साधारण सभा डाकेको थियो तर उक्त विशेष साधारण सभामा गणपुरक संख्या नपुगेकोले मिति २०७८ असार १० गतेका लागी साविक कै प्रस्ताव माथी छलफल गरी पारित गर्न कम्पनी ऐनको दफा ७३ को उपदफा ३ बमोजिम पुनः दास्रो पटक विशेष साधारण सभा डाकीयो । कम्पनी ऐनको सोहि दफा बमोजिम पुनः विशेष साधारण सभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपुरक मानिने व्यवस्था भएअनुसार कुल शेयरको ५५.४९ प्रतिशतको उपस्थिती रहेको थियो ।

जसमा कुल उपस्थितीको ६६./ ६७ प्रतिशत तथा कुल शेयरपुँजीको ३७ प्रतिशत शेयरधनीहरुबाट सैद्धान्तिक सहमतीमा उल्लेख भए बमोजिमको केन्द्रीय कार्यालय बर्दिवास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसंग मर्जर गर्न नसकिने भनी बहुमत शेयरधनीहरुको राय भएकोले मर्जर प्रस्ताव बहुमतबाट अस्वीकृत भयो ।

तत्पश्चात पुनः मर्जर प्रक्रियालाई अगाडी बढाउनको लागी नेपाल राष्ट्र बैंकका पदाधिकारीहरुको राय सल्लाह बमोजिम शेयरधनीहरु संग आन्तरीक छलफल तथा परामर्श समेत गरियो । तर उक्त छलफल तथा सल्लाहबाट कुनै पनि सकरात्मक निश्कर्ष नआएकोले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभाको निर्णय र शेयरधनीहरुको बहुमतको कदर गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड संग मर्जर गर्न नसकिने निष्कर्श निकाली मिति २०७८ भाद्र १६ गते बसेको सञ्चालक समितिको ६७ औ बैठकको निर्णयानुसार मर्जर प्रक्रिया अगाडी बढाउन नसकिने निर्णय गरियो । साथै, यस संग सम्बन्धीत कागजातहरु यसै पत्र साथ संलग्न गरिएको अनुरोध छ ।

पुनश्यः मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी प्राप्त निर्देशन, सल्लाह तथा सुझाव बमोजिम अन्य उपयुक्त वित्तीय संस्थाको पहिचान गरी गाभ्ने कार्यलाई पुर्णता दिने प्रतिबद्धता जाहेर गर्दछौ ।


प्रतिक्रिया दिनुहोस्