सिनर्जी पावरको अध्यक्षमा इन्द्र बहादुर थापा चयन

काठमाडौँ । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । गएको भदौ १८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले अध्यक्षमा इन्द्र बहादुर थापालाई चयन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी साधारण सभाले नै सुरेन्द्र बहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
महिला सेयर धनीको रिक्त सञ्चालक पदमा नुर केसी कार्कीलाई नियुक्त गरिएको छ । वार्षिक साधारण सभामा एक जना महिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा महिला सेयर धनीको उम्मेदवारी नपरेकाले कार्कीलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
