पटक पटक स्थगित हुँदै आएको गोर्खाज फाइनान्सको साधारणसभा पुनः आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको गोर्खाज फाइनान्सको साधारणसभा पुनः आह्वान गरेको छ । गोर्खाज फाइनान्स लिमिटेडको २६ औं वार्षिक सधारण सभा असोज १८ गते बोलाईएको छ । कम्पनीको सभा बिहान ११ बजे भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बिहान ११ बजे होटल क्राउन इम्पेरियल सोल्टीमोडमा हुने भएको हो । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको थियो । यसअघि भदौ २४ गते हुने गोर्खाज फाइनान्सको साधारण सभा स्थगित गर्न अदालतको आदेशले निर्देशन दिएको थियो ।
यसअघि बैंशाख २१ गते बस्ने भनिएको कम्पनीको सभा स्थगित भएको थियो । संचालक समितिको बैठकले बैशाख २१ गते बस्ने संस्थाको २६ औं वार्षिक साधारण सभा आयोजन गर्ने सन्दर्भमा कोरोना महामारीका कारण स्थगित गरेको थियो ।
कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने छ ।
आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू सभाले छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।
सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा प्रयोजनार्थ फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। त्यसैले, वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
