आईमार्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष काफ्ले आईक्यान परिषद पार्षदमा निर्वाचित « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

आईमार्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष काफ्ले आईक्यान परिषद पार्षदमा निर्वाचित



काठमाडौं । विद्युतीय भुक्तानी तथा कार्ड प्रविधिमा काम गर्दै आएको आईमार्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सिए सन्तोष काफ्ले नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था (आईक्यान) को नवौं परिषद पार्षदमा निर्वाचित भएका छन् । परिषदको चार्टर्ड एकाउण्टेन्ट्स समुहबाट पार्षद पदमा निर्वाचित काफ्लेसँग लामो समय विदेशमा रहेर काम गरेको अनुभव छ ।

आइतबार र सोमबार सम्पन्न परिषद निर्वाचनमा काफ्ले सहित १० जना निर्वाचित भएका हुन् । सिए भाष्कर लाला, युद्धराज ओली, राम चन्द्र खनाल, छेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजन कुमार काफ्ले, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठ पनि परिषद पार्षदमा निर्वाचित भएका हुन् । उक्त पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।

कुल १७ सदस्यीय परिषदमा चार्टर्ड एकाउण्टेन्ट्स समुहबाट १०, दर्तावाला लेखापरीक्षक समुहबाट ४ र महालेखापरीक्षकको सिफरिसमा सरकारबाट ३ जना मनोनित हुने व्यवस्था छ । जसमा दर्तावाला लेखापरीक्ष समुहबाट भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली र केश बहादुर केसी निर्वाचित भएका छन् ।

अब महालेखापरीक्षकको सिफारिसमा सरकारले ४ जना पार्षद मनोनित गरे पछि परिषदले पुर्णता पाउने छ । गत जेठमा नै परिषदको निर्वाचन हुनु पर्नेमा कोरोना महामारीका कारण स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्