केन्द्रीय बैंकका गभर्नरद्वारा राजिनामा « Arthapath.com
२६ भाद्र २०७८, शनिबार

केन्द्रीय बैंकका गभर्नरद्वारा राजिनामा



काठमाडौं । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुख (गभर्नर) ले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिएका छन् । विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ । केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले विगत १० दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको बताउँदै ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मङ्गलबार पदबाट हट्ने कुरा बताएका हुन् ।

लक्ष्मणले राष्ट्रपति गोतबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत झडपका कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बताए ।

सञ्चारमाध्यममा केही राजनीतिक र केही व्यक्तिगत मुद्दाहरू आएाकाले आफ्नो योजना अनुसार काम गर्न सजिलो नभएकाले राजीनामा दिएको उनले बताए ।

वित्तमन्त्री बासिलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैंकका प्रमुख लक्ष्मणको घोषणा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्