महालक्ष्मी लाईफ इन्स्योरेन्सले ल्यायो युवासंग बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम « Arthapath.com
२७ भाद्र २०७८, आईतवार

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ल्यायो युवासंग बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ल्यायो युवा संग बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । कम्पनिले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “युवा संग महालक्ष्मी लाईफ“ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने लागेको हो ।

कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकको निर्णय अनुसार असोज महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागेको इन्स्योरेन्सले जनाएको छ ।

दुई वर्षे समय अवधीको उक्त अभियानमा आ.व. २०७८/७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गर्ने कम्पनिले जनाएको छ ।

उक्त कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिने छ ।।“ काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन“ भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश कुमार भट्टराईको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ ।

सिईओ र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्ने इन्स्यारेन्सले जनाएको छ । असोज पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम तय भएको कम्पनिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्