मर्जर प्रस्ताव पारित गर्न घोडीघोडा लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । घोडीघोडा र युनिक नेपाल लघुवित्त मर्ज हुने भएको छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी निर्णयको लागि असोज १६ गते शनिबार, होटल रूबस, बैयाबेहडी, धनगढी, कैलालीमा विशेष साधारण सभा गर्ने भएको हो ।
दुवै संस्थाबीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नेप्सेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार रोक्का छ ।
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १ः०.५० को अनुपातमा मर्ज हुन लागेका हुन् । विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ ।
