मानुषी लघुवित्तले माग्यो कर्मचारी, एसइईले पनि आवेदन दिन पाउने

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ सहायक (प्रशिक्षार्थी) का लागि केही सङ्ख्यामा कर्मचारी मागेको हो ।
लघुवित्तले जारी गरेको कर्मचारी आवश्यक सम्बन्धी सूचना सुसार उक्त पदको लागि एसइई परिक्षमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको वा प्लस टु उत्तिर्ण गरेका र ग्रामीण क्षेत्रको फिल्डमा गई काम गर्न सक्ने व्यक्तीलेआवेदन दिन सक्ने छन्
योग्यता पुगेका इच्छुक आवेदकले आजबाट असोज ११ गते सम्म लघुवित्तको केन्द्रीय कार्यालय बनेपा १३ भैसेपाटी काभ्रे तथा शाखा कार्यालय वा संस्थाको इमेल ठेगाना [email protected] मा गएर आवेदन दिन सक्नेछन् ।
आवेदन दिँदा हालसालै खिचिएको फोटो संस्थाको वेबसाइटमा राखिएको फारम निवेदन बायोडाटा नागरिकताको प्रतिलिपि शैक्षिक योग्यता तथा आवश्यक परेमा काम गरेको अनुभव पठाउनु पर्ने उक्त सूचनामा उल्लेख गरिएको छ ।म्याद नागेका वा रित नपुगेका निवेदनहरू स्वतः रद्द हुने कम्पनिले जनाएको छ ।
यस्तो छ लघुवित्तले जारी गरेको सूचना :
